नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा हुँदै 

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २६ –

बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन नवदुर्गामध्येकी देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका शक्तिपीठ तथा घरघरमा भक्तजनले देवीको पूजा गरिरहेका छन्।

दसैँघर तथा पूजा कोठामा घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राख्नुका साथै शैलपुत्री देवीको पूजा गरिएको थियो।

धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ।

नवरात्रभर देवीको पूजा गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसैबीच, हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिँदै छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः