ओपेकबाट बाहिरिने युएईको निर्णय, तेल बजारमा असर पर्ने संकेत

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १६ बैशाख –

संयुक्त अरब इमिरेट्स ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेक बाट बाहिरिने घोषणा गरेको छ। लामो समयदेखि चर्चामा रहेको यो निर्णय मे १ तारिखदेखि कार्यान्वयनमा आउने जनाइएको छ।

यो कदमले क्षेत्रीय शक्ति सन्तुलन र विश्व तेल बजारमा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। युएईले आफ्नो दीर्घकालीन आर्थिक रणनीति र राष्ट्रिय प्राथमिकताअनुसार निर्णय लिएको जनाएको छ। साथै, ओपेकबाट बाहिरिए पनि जिम्मेवार ऊर्जा उत्पादकको भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

युएई सन् १९६७ मा अबुधाबीमार्फत ओपेकमा आबद्ध भएको थियो र सन् १९७१ मा स्वतन्त्र राष्ट्र बनेपछि पनि सदस्यता कायम राख्दै आएको थियो।

विशेषगरी साउदी अरब सँगको सम्बन्ध पछिल्ला वर्षहरूमा चिसिँदै गएको सन्दर्भमा यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः